सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्गानिक खेतीसम्बन्धी प्रशिक्षण

२०७६ कार्तिक १७, ०८:२० खबर संवाददाता

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० लाई अर्गानिक खेती वडा बनाउने अभियान शुरु भएको छ। विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई रासायनिक मल र विषादी  प्रयोग नगरी गाउँमा नै निर्माण गरिएको प्राङ्गारिक मल र अग्र्या्निक औषधिको प्रयोग गरेर खेती गर्न पे्ररणा दिने उद्देश्यले दुईदने प्रशिक्षण कार्यक्रमको शुरुआत गरिएको हो। 

वडा नम्बर १० को विशेष व्यवस्थापनमा जापानिज संस्थाका प्रतिनिधि नोरिको र हिरोकोको सहजीकरणमा कृषि ज्ञान केन्द्र गुल्मीको बाली विज्ञान अधिकृत कविता सुवेदी, जेफ्स (वबाक) का रेजिमा थापामगरले प्रशिक्षण दिएकोे बूढीचौर कृषि सहकारी सस्ंथाका अध्यक्ष प्रेमप्रसाद आचार्यले  बताए।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा अग्र्या्निक खेती गर्ने तरिका, प्राङ्गरिक मल बनाउने तरिकाका साथै कम्पोष्टमल, गोठेमल, गड्यौलेमल, हरियोमल, झोलमल बनाउने तरिकाका बारेमा जानकारी गराइएको थियो।  वडा नम्बर  १० लाई कसरी रासायानिक मल विषादीरहित खेती गर्न सकिन्छ भनेर यो प्रशिक्षणको कार्यक्रम गरिएको हो। इन्द्रावती गाउँपालिका वडा नम्बर १० का अध्यक्ष जीवनकुमार थापामगरले यो प्रशिक्षणपश्चात् अग्र्या्निक खेती गर्न चाहनेलाई वडाबाट पनि विशेष सहयोग गर्ने बताए। प्रशिक्षणमा सहकारी संस्थाअन्तर्गत विभिन्न समूहका २० जनाले भाग लिइरहेका छन्। रासस

कमेन्ट लोड गर्नुस