सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानस्थलमा हेलिकोप्टर पर्खिदै डोटी बस दुर्घटनाका घाईते

२०७६ कार्तिक १६, १२:२६ खबर संवाददाता

आज बिहान डोटीमा भएको बस दुर्घटनाका घाईते मध्ये ६ जनालाई हेलिकोप्टर मार्फत अन्यत्र लैजान दीपायल विमानस्थल पुगाईएको छ। घाईते मध्ये ६ जनालाई जिल्ला स्थीत अस्पतालले रेफर गरेपछि उनीहरुलाई सेनाको हेलिकोप्टर मार्फत छाउनीस्थित सैनीक अस्पतालमा लैजाने तयारी भएको हो।

उनीहरुलाई झण्डै आधा घण्टादेखि विमानस्थलमा प्रहरीका गाडी र एम्बुलेन्समा राखिएको छ। यद्यपी अहिले सम्म सेनाको हेलिकोप्टर भने पुगेको छैन्। डोटीमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढि घाईते भएका थिए। नेपाल प्रहरी र नेपाली सेनाका आठ जना पनि घाईते भएका थिए। 
 

कमेन्ट लोड गर्नुस