सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी बस दुर्घटनामा प्रहरी र सेनाका आठ जना घाईते, हेलिकोप्टर आउँदै

२०७६ कार्तिक १६, ०९:५० खबर संवाददाता

डोटीमा भएको बस दुर्घटनामा परी नेपाल प्रहरी र नेपाली सेनाका आठजना घाईते भएका छन्। नेपाल प्रहरीका हवल्दार सहित चार र नेपाली सेनाका चार जवान घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब निरिक्षक मोहन धामीले कञ्चनपुरको बेलौरमा कार्यरत प्रहरी हवलदार महेश जेठारा, प्रहरी जवान भीम बुढा, कृष्ण बोहोरा र जवान पार्वती चौधरी घाईते भएको बताए।

यस्तै नेपाली सेनाका जवान महेश कोईराला, त्रिविक्रम भट्टराई, दिलबहादुर  केसी र उज्जवल देवकोटा घाईते भएको प्रहरी नायब निरिक्षक धामीले जानकारी दिए। उनीहरुलाई उपचारका लागि लैजान नेपाली सेनाको हेलिकोप्टर आउन लागेको उनले बताए।  

 

कमेन्ट लोड गर्नुस