सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी बस दुर्घटना अपडेट : घाईते एक जनाको मृत्यु

२०७६ कार्तिक १६, ०७:३९ खबर संवाददाता

डोटीमा आज बिहान भएको बस दुर्घटनाका घाईते एकको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरिक्षक मोहन धामीले दुर्घटनामा परी घाईते भएका एकजनाको मृत्यु भएको जानकारी दिए। उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको धामीले बताए। तर मृतकको सनाखत हुन सकेको छैन्।

महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्वरको बस आज बिहान डोटीको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिक गौरीपानीमा दुर्घटना भएको थियो। दुर्घटनाको परी ३० जना भन्दा बढि घाईते भएका छन्। ती मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस सडकबाट २० देखि २५ मिटर तल खसेको छ। 

कमेन्ट लोड गर्नुस