सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बस दुर्घटना, ३० जना घाईते

२०७६ कार्तिक १६, ०६:५६ खबर संवाददाता

महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिक गौरीपानी  ना ७ ख ६१८१ नम्वरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनाको परी ३० जना घन्दा बढि घाईते भएका छन्। घाईते भन्दा  केहीको अवस्था गम्भिर समेत रहेको प्रहरीले जनाएको छ। स्थानीय गोरखनाथ वोगटीका अनुसार बस सडकबाट २० देखि २५ मिटर तल खसेको छ।

घाईतेहरुलाई सुजंग र शैलेश्वर अस्पतालमा पुगाईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले बताए। 

 

कमेन्ट लोड गर्नुस