सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली दुई बालक मृत्यु प्रकरण : तीन घण्टादेखि पूर्वपश्चिम राजमार्गको अवरोध कायमै

२०७६ कार्तिक १५, ०३:२१ खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गमा तीन घण्टादेखि अवरोध कायमै राखेका छन्। जिल्लाको बौनियाँमा बिहिबार साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले आज दिउँसो १० बजेदेखि राजमार्गको बौनियाँ खण्ड अवरुद्ध पारेका हुन्।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले स्थानीयले अवरोध कायम राखेको बताए। उनले राजमार्गको अवरोधका कारण यातायात सेवा ठप्प भएको छ भने विभिन्न स्थानबाट छुटेका सवारी साधन पत्र अलपत्र परेका छन्। अहिले यातायात व्यवसायी र मृतकका आफन्तका बिच छलफल गराउने तयारी भईरहेको बताउँदै निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले राजमार्ग खुलाउने प्रयास जारी राखिएको बताए।  

महेन्द्रनगरबाट काठमाडौं गईरहेको ना ७ ख ६०४६ नम्बरको यात्रु बाहक बसले बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा बालकलाई ठक्कर दिएको थियो। उनीहरुको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको थियो। ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिईसकेको छ।

कमेन्ट लोड गर्नुस