सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो

२०७६ कार्तिक १५, ०२:२६ खबर संवाददाता

सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको छ। सुनको भाउ तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार भने तोलामा ७ सय रुपैयाँ बढेको हो। यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस