सुदूरपश्चिमबाट काठमाडौँ जान बसको टिकट पाउनै मुस्किल
कञ्चनपुरको लालझाँडीका अनिल राना काठमाडाँै जान बसको टिकटका लागि बिहिबार बिहान धनगढी बसपार्क आए।। तर कुनै पनि यातायात प्रालिका काउण्टरहरुमा काठमाडाँैका लागि बसको टिकट थिएन्। बिहिबार दिउसो १ बजे गाडी काठमाडौँ जाने भन्दै बसपार्कमै एक व्यक्ति आएर रानालाई टिकट दिईयो।
रानाले टिकट त पाए तर यातायात प्रालिहरुका काउण्टरबाट नभई बिचौयाबाट। उनी भन्दै थिए, ‘काउण्टरहरुमा टिकट पाईएन्। एक जना आउनु भयो। उनले मलाई काडमाडौँका लागि बसको टिकट दिए।’ प्रदेशको राजधानी भएको जिल्ला कैलालीसंगै कञ्चनपुर र पहाडी जिल्लाबाट पनि काठमाडौँका लागि टिकट पाउनै मुस्किल भईरहेको यात्रुहरुले गुनासो गरेका हुन्। तिहार सकिएपछि सुदूरपश्चिमेलीहरु दैनिक सयौँको संख्यामा काठमाडौँ लगायतका पुर्वी नेपालका शहरहरुमा गईरहेका छन्।
उनीहरु बसको टिकटका लागि यातायात प्रालिहरुका काउण्टरहरुमा धाउने गरेका छन्। कतिपयले बिचौयाबाट महंगोमा टिकट पाएपनि अधिकासं भने रित्तो हात फर्किन बाध्य छन्। कालोबजारीमा टिकट विक्रि हुने गरेकाले सर्वसाधारणलाई टिकट पाउन मुस्कील हुने गरेको गुनासो गरिएको छ। यातायात प्रालिहरुको गैरजिम्मेवारीका कारण काठमाडाँै जाने यात्रुहरुले सिधै टिकट नपाएर बिचौलीया मार्फत पाईरहेका छन्। तर सुन्दरसूदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले अतिरिक्त बसको समेत व्यवस्था गरिएको बताए।
टिकट कालोबजारमा विक्रि नभएको दावी उनको छ। ‘हाम्रो प्रालिका साथिहरुले त्यस्तो काम गरेका छैनन्,’ उनले भने, ‘अरु यातायात प्रालिका साथिहरुले गरेको भन्ने मैले पनि सुनेको छु।’ टिकट कालोबजारका कारण दोब्बर बढि भाडा पनि तिर्नु परेको छ। रिभर साईड यातायात प्रालीका अध्यक्ष धिरेन्द्र शाहीले काठमाडाँै जानेहरुको संख्या धेरै भएकाले टिकट व्यवस्थापनमा समस्या रहेको बताए। यातायात प्रालीहरुले एक दिनमा काठमाडौँका लागि दर्जन बढी बस सञ्चालन गरेको दावी गरेका छन् तर यात्रुहरु साता पछाडीको टिकट पनि नपाउँदा समस्यामा परेका छन्। त्यसैमा टिकट बिचौलीयाले सुरुमै टिकट किन्ने र यात्रुलाई महंगोमा विक्री गर्ने समस्या रहेको छ।