सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बौनियामा बसको ठक्करबाट घाइते भएका दुई बालकको मृत्यु

२०७६ कार्तिक १५, ०८:४० खबर संवाददाता

कैलालीको बर्दागोरिया गाउँपालिकामा बसको ठक्करबाट घाइते भएका दुई बालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको बौनिया बजार नजिकै ना ७ ख ६०४६ नम्बरको बसले ठक्कर दिदा घाइते भएका साईकल यात्री १२ वर्षीय लक्ष्मण चौधरी र ८ वर्षीय अंसु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको बौनियामा सामान्य उपचार पछि नेपालगञ्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभए पछि थप उपचारका लागि भारतको लखनउ रेफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस