सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा किशोरीलाई करणी गरेको आरोप एकजना पक्राउ

२०७६ कार्तिक १३, ०७:४२ खबर संवाददाता

अछाममा करणीको अभियोगमा एकजना पक्राउ परेका छन्। जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १ का एकेन्द्र कुवंर रानालाई अछाम प्रहरीले करणीको अभियोगमा पक्राउ गरेको हो। १४ वर्षीया एक किशोरीलाई करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको अछामका प्रमुख प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीले जानकारी दिए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस