सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलमा तिहार मेला सुरु

२०७६ कार्तिक १३, ०७:२३ खबर संवाददाता

डोटीको जोरायलमा आजदेखि तिहार मेला सुरु भएको छ। जोरायल गाउँपालिका वडा नम्बर ४ मा मेला सुरु भएको हो। दुई दिन सम्म सञ्चालन हुने मेलामा पञ्चेबाजा सहित भोस्सो खेल्ने चलन छ।

तिहार मेला व्यवस्थापन समितिका संयोजक नरबहादुर  कपड्यालका अनुसार परापूर्वक कालमा ग्रासन राक्षसलाई देवताहरुले विलय गरेको विश्वासमा हरेक वर्ष भाईटिकाको दोस्रो दिन जोरायलमा मेला लाग्ने गर्दछ।

प्रत्येक गाउँबाट पञ्चेबाजा सहित स्थानीय मेला लाग्ने स्थानमा आउने गर्दछन्। उनीहरु एक–आपसमा दमाह बजाउने र प्रतिस्पर्धा पनि गर्दै भोस्सो खेल्न गर्दछन्। दुई दिन सम्म सञ्चालन हुने मेलामा ३० वटा समूहको सहभागिता रहने आयोजकले जनाएको छ।  

कमेन्ट लोड गर्नुस