सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अनियन्त्रित भएको मोटरसाइकल भीरबाट खस्यो, एकजना गम्भीर घाईते

२०७६ कार्तिक १३, ०३:५८ खबर संवाददाता

बैतडीमा अनियन्त्रित भएर मोटरसाइकल भीरबाट खस्दा एकजना घाइते भएका छन्। दशरथचन्द नगरपालिका वडा नम्बर ६ को सुनकट्टे भीरबाट से ५ प ४५२५ नम्बरको मोटरसाईकल खस्दा स्थानीय ४५ वर्षीय नरेश चन्द गम्भीर घाईते भएको प्रहरीले जनाएको छ। कालिका माध्यमिक विद्यालयका शिक्षक समेत रहेका चन्दको अवस्था गम्भीर रहेकाले उपचारका लागि धनगढी पठाईएको बैतडी प्रहरीले जनाएको छ। मोटरसाईकल सडकबाट तीन सय मीटर तल भिरमा खसेको छ। सो मोटरसाईकल चन्दले नै चलाएका थिए।

कमेन्ट लोड गर्नुस