सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँ तिहारमा पनि यात्रुलाई यातायात सुविधा दिने चालक

२०७६ कार्तिक १२, ०७:३४ कमल सावद

भाईटीकाको दिन मंगलबार पूर्वपश्चिम राजमार्गमा सप्तरंगी टिका र मखमली फुलका माला लगाएकाहरुको बाक्लै भिडभाड देखिन्थ्यो। कोही मोटरसाईकल त कोही पैदल यात्रा गरिरहेको दृष्यले सबैको ध्यान खिच्थ्यो। केही युवाहरु चोक चोकमा जम्मा भएर रमाइलो गरिरहेका थिए।  तर अत्तरिया बसपार्कमा भेटिएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ ओलानीका प्रताप सिँह साउँद भने हतार हतारमा टीका थापेर नियमित काममा फर्किसकेका थिए।

चालक समेत रहेका साउँद अत्तरिया–ओलानी खण्डमा सार्वजनिक बस चलाउदै आएका छन्। मंगलबार भाईटीका भएकाले सार्वजनिक सवारी क्यु फ्रीमा सञ्चालन भइरहेका छन्। क्यु फ्रीमा उनी मंगलबार डडेल्धुराको यात्रामा निस्कदै थिए। बसपार्कमा उनी यात्रुको पर्खाइमा थिए। साउँदको दिदीबहिनीले निधारमा लगाईदिएको सप्तरंगी टीका र मखमली फुलको माला घाटीमै थियो। ‘सर्वसाधारणको सेवासंगै परिवारको पालन पोषणका लागि काममा जानैपर्ने बाध्यता छ।’ साउँदले भने। साउँद जस्तै सुदूरपश्चिममा चाडपर्वका बेला समेत सवारी चालकले सार्वजनिक यातायातको सेवा उपलब्ध गराएका हुन्। दशैँ र तिहारमा समेत क्यु फ्रिमा गाडी सञ्चालन गर्दै सवारी चालकहरुले सर्वसाधारणलाई यातायातको सुविधा दिएका छन्। भाईटीकाको दिन आज पनि चालकहरुले टीका लगाउन गनतव्य जानेहरुलाई लक्षित गरी बिहानैदेखि सवारी साधन चलाएका थिए।

उनीहरुले सर्वसाधारणको सहजतासँगै खर्चको जोहो गर्न पनि तिहारमा समेत काममा खटिएको दिनेश खबरलाई प्रतिक्रिया दिएका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियाका सन्तोष बोहरा पनि अत्तरिया बसपार्र्कमा यात्रुको प्रतिक्षामा थिए। बोहोरा पनि बस चालक हुन्। भाईटीका साईतमै लगाएर सवारी चालकहरु काममा फर्किएका हुन्। टिकाको दिन क्यु फ्री भएकाले पनि सवारी चालकहरु हतारमा दिदिबहिनीबाट टिका ग्रहण गर्दै काममा फर्किएका थिए। तर यात्रुले पाउने सास्ती भने कम भएको छैन्। क्यु फ्रीमा चल्ने गाडीले टीकाका लागि ओहोर–दोहोर गर्नेलाई सास्ती दिएको गुनासो गरिएको छ। 
 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस