सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७६ कार्तिक १२, ०६:०७ खबर संवाददाता

भाइटीकाको दिन आज मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

चौताराबाट इर्खुतर्फ जाँदै गरेको बा ५८ प ४९४४ नंको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस