सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिहारका ५ दिनमा मात्रै १० अर्बको सुनचाँदीको कारोबार

२०७६ कार्तिक १२, ०३:४९ खबर संवाददाता

तिहारमा १० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भएको छ। यसपटक ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तिज र दशैँमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने केही सन्तोषजनक भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए।

बितेका ४–५ दिनमा कारोबारले रुप फेरेको उनले बताए। तर यो कारोबार पोहोरको तुलनामा आधा मात्र भएको पनि निवर्तमान अध्यक्ष शाक्यले बताए। यसपटक सुनको भाउ तोलाको ७० हजार नाघेपछि सुनको बजार घटेको थियो। वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ। अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ। यो भाउ भोलि बुधबारसम्म कायम रहनेछ।
 

कमेन्ट लोड गर्नुस