सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आउँदै गरेका बस डडेल्धुरामा ठोक्किदा पाँच जना घाईते

२०७६ कार्तिक ११, ०२:४० खबर संवाददाता

डडेल्धुरामा दुईवटा बस एक आपसमा ठोक्किदा पाँचजना घाईते भएका छन्।भीमदत्त पन्त राजमार्ग अन्तरगत  जिल्लाको आलिताल गाउँपालिका  वडा नम्बर १ को मेलखर्कमा बैतडीबाट अत्तरियातर्फ आउदै गरेका बस एक आपसमा ठोक्किदा पाँचजना घाईते भएका हुन्। 

बैतडीबाट महेन्द्रनगर आउदै गरेको महाकाली यातायातको ना ५ ख ३४८८ नम्बरको बसलाई धनगढी आउदै गरेको पवनदुत यातायातको ना ६ ख ९६७२ नम्बरको बसले पछाडीबाट  ठक्कर दिदा पाँचजना समान्य घाईते भएको बसमा सवार ध्रुव बहादुर केसीले जानकारी दिए।

बैतडीको पाटन नगरपालिका ३ घर भएका केसीले दुवै बसको अगाडी र पछाडीको भागका सिसा फुट्दा पाँचजना समान्य घाईते भएको दिनेश खबरलाई बताए। उनका अनुसार राजमार्गमा धनगढी आउदै गरेको हाईस बिग्रिएपछि बिच सडकमा जाम लागेको छ।

दुर्घटना स्थलमा भर्खरै मात्र प्रहरी पुगेको छ। दुर्घटनापछि राजमार्ग केही बेर अवरुद्ध समेत भएको छ। 

कमेन्ट लोड गर्नुस