सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा आगलागीबाट ४ लाख २५ हजार सहित एक तोला सुन जलेर नष्ट

२०७६ कार्तिक ११, ०१:२३ खबर संवाददाता

अछाममा दिपावली गर्न बालेको मैनबत्तीबाट घरमा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ गड्सीलस्थित गगन खड्काको घरमा आगलागि भएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउंदले बताए। उनका अनुसार आइतबार राति दिपावली गर्न प्लाष्टीकको बाकस (अटेजी) मा मैनबत्ती बाल्दा उक्त मैनबत्तीबाट आगो सल्केर ४ लाख २५ हजार बराबर नगद रुपैंया र एक तोला सुन जलेर नष्ट भएको हो।

४ लाख २५ हजार रुपैयाँ थियो सबै जलेको छ, ती मध्ये आधा जलेको पैँसा काम नलाग्ने एक लाख ३५ हजार रुपैँया र एक तोला सुन फेला परेको छ, घटनास्थल पुगेका अध्यक्ष साउंदले भने। आगलागी बाट अन्य दुई वटा बाकस, लत्ता कपडा, दुई तोला सुन, कागजपत्र लगायतका सामान जलेर नष्ट भएको साउंदले बताए।

कमेन्ट लोड गर्नुस