सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आमाको मृत्युपछि कुपोषित छोराछोरीका बाबु बेखबर

फाईल फोटो
फाईल फोटो
२०७६ कार्तिक ११, १०:४८ खबर संवाददाता

जिल्लाको स्वामिकार्तिक गाउँपालिका–१ साप्पाटामा आमाको मृत्यु पछि बाबु बेखर भएकाले दुई नाबालक अलपत्र बनेका छन्। आमा बच्ची लुवारको गत साउन मृत्यु भएको थियो। बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको स्थानीयवासीले बताएका छन्। घरमा अरु कोही छैन, ५१ वर्षीय बज्यै सुकीको भरमा तीन वर्षका देबदत्त र छ महीनाकी वसन्ती छन्। सम्पत्तिको नाममा एउटा घरसमेत नभएकी सुकीलाई नाति नातिनी पाल्न निकै सकस भएको छ। छ महीनाकी वसन्तीलाई गाईभैँसीको दूध मागेर खुवाउन परेको र दुबैजनालाई पाल्नका लागि गाउँ चाहर्ने गरेको उनले बताए।

अलपत्र रहेका दुवैजना कुपोषित भएका छिमेकी सुमित्रा भण्डारीले बताए। आफूलाई कसरी यिनीहरूको पेट पाल्ने भन्ने चिन्ताकै कारण उपचारसमेत गराउन नसकिएको बजै सुकीले बताए। सरकारले आमा र बच्चालाई लक्ष गरेर ‘सुनौला हजार दिन’ कार्यक्रम ल्याए पनि र स्थानीय निकायले लिटो, अण्डा, कुखुरा वितरण गरे पनि  उनीहरूले अहिलेसम्म केही सहयोग पाएका छैनन्। रासस

कमेन्ट लोड गर्नुस