सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको पिथौरागढमा सुदूरपश्चिमका तीन जना मजदुरको हत्या

२०७६ कार्तिक १०, ०९:५४ खबर संवाददाता

भारतको पिथौरागढमा तीन जना मजदुरको हत्या भएको छ। बैतडीको पुरचौँडी नगरपालिका वडा नम्बर ५ दहतालीका ३६ वर्षीय हरे बोहरा, २७ बर्षीय बीरा बोहरा र सोहि ठाउँ वडा नम्बर ४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको बताइएको छ।

उनीहरुको कार्तिक ८ गते हत्या भएको भए पनि आज मात्रै जानकारी भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए। उनीहरुको धारिलो हतियारले रेटेर हत्या गरिएको खबर प्राप्त भएको उनले बताए। उनका अनुसार हरे बोहरा र बीरा बोहरा सहदोर भाई हुन्।

उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ बर्ष यतादेखि मजदुरी गर्दै आईरहेका बताइएको छ। हरे बोहराकी श्रीमति किर्रा बोहरा फरार रहेकाले सो घटनामा उनको संलग्नता हुन सक्ने आशंका गरिएको उनले बताए।

मृतकहरुको शव पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ। बीरा बोहरा केही महिना अघि मात्रै दाजुभाउजुलाई भेट्न भनेर पिथौरागढ गएर र उनी पनि उतै मजदुरी गर्दै आएको बताइएको छ। तिनै जनाको सामूहिक हत्या भएकाले कसले गरेको हो भन्ने बारेमा खुल्न नसकेको बताइएको छ।

कमेन्ट लोड गर्नुस