सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

२०७६ कार्तिक १०, ०२:०३ खबर संवाददाता

अछाममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८ घोडासैनका ८४ वर्षीय धर्मे जैसीको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर नजिकैको घारीमा रहेको अरिंगालको समूह आएर टोकेपछि उनको मृत्यु भएको हो। शनिबार बिहान ९ बजे जैसीलाई अरिंगालले टोकेको र उपचारका गर्न लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस