अव्यवस्थीत विद्युतीकरणले धनगढी चक्रपथमा ठूला सवारी सञ्चालन नभएपछि अनुगमन
अव्यवस्थीत विद्युतीकरणले धनगढी चक्रपथमा ठूला सवारी साधन सञ्चालन नभएपछि अनुगमन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको टोलीले संयुक्त ?पमा अनुगमन गरेको हो।
होचो गरी विस्तार गरिएको विद्युत, टेलिफोन र केवल नेट्रोकका तारका कारण ठूला सवारी सञ्चालन नभएपछि अनुगमन गरिएको हो। चक्रपथमा क्षेत्रमा एककातिरबाट मात्र विद्युत लाईन विस्तार गरिएको कारण अर्को क्षेत्रका स्थानीयको घरमा विद्युत विस्तार गर्ने क्रममा सडकमाथिबाट तार तानिएको छ।
अनुगमनपछि नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले घरमा जोडिएका विद्युत तार प्रमुख समस्याका रुपमा देखिएको स्विकार गरे। त्रिनगर भन्सार कार्याल नजिक होचो रहेको विद्युतको नाङ्गो तारलाई व्यवस्थीत गर्न सकिने उनले बताए। तर घरमा जोडिएको तार हटाउन नयाँ लाईन विस्तार गर्नु पर्ने उनको भनाई छ। धनगढी मुख्य बजारको ट्राफिक चापलाई व्यवस्थित गर्न धनगढी चक्रपथ निर्माण भएको हो। चक्रपथमा २० टन सम्मका सवारी सञ्चालन गर्न सकिन्छ। तर तारका कारण अहिले चक्रपथमा ठूला सवारी साधन सञ्चालन गर्न सकिएको छैन्।