सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा तीन महीनामा एक हजार नागरिकता वितरण

२०७६ कार्तिक ८, ०४:२० खबर संवाददाता

जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो। 

जिल्ला प्रशासन कार्यालयले तीन महीनामा ६ सय एक पुरुष र तीन सय ७१ महिला गरी ९ सय ७२ लाई नागरिकता वितरण गरेको छ। यस अवधिमा महिलाभन्दा पुरुषले दुई गुणा बढी नागरिकता लिएका छन्। यस्तै आठ महिलाले बैवाहिक अंगिकृत नागरिकता लिएका छन् भने तीन महिलाले नेपाली नागरिकता परित्याग गरेका छन्। चार सय १६ ले नागरिकताको प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए।

जिल्ला प्रशासन कार्यालयले यस अवधिमा दुई पुरुष र चार महिला गरी छ लाई नाबालक परिचयपत्र जारी गरेको छ। यसैगरी ५२ पुरुष र १२ महिला गरी ६४ ले जिल्लाबाट राहदानी पाएका छन् भने दुई १२ पुरुष र १५ महिला गरी दुई सय २७ ले केन्द्रबाट राहदानी लिएका छन्। 

जिल्ला प्रशासन कार्यालयले सूचनाको हकअनुसार तीन महीनामा प्रवाह गरेका सेवा सार्वजनिक गरेको छ। यस अवधिमा कार्यालयले १५ हातहतियार नवीकरण र तीन हातहतियार नामसारी गरेको छ। यस्तै आदिवासी जनजाति दलित प्रमाणित ८८, नामथर प्रमाणित १४४ र जन्ममिति प्रमाणित १६ को गरेको छ। बहुयात्रा अनुमतिपत्र जारी १०६, ताक्लाकोट अनुमतिपत्र २९ र ताक्लाकोट प्रवेश अनुमतिपत्र नवीकरण ३५ जनाको गरेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस