कैलालीमा लागु औषध दुर्व्यशनी भयावह बन्दै

कैलालीमा लागु औषध दुव्र्यशनी भयावह बन्दै गएको छ। सीमावर्ती भारतीय बजारबाट सहजै नेपाली बजारमा भित्रिन थालेपछि कैलीमा लागु औषध दुव्र्यशनी भयावह बन्दै गएको हो। लागु औषध दुव्र्यशनीमा फसेका युवाहरुका कारण समाजमा चोरी, डकैती, झैझगडा, लुटपाट जस्ता घटनामा समेत बृद्धि भएको प्रहरीले जनाएको छ। तर पछिल्लो समय लागु औषधको नियन्त्रणमा सक्रियता बढाईएको दावी गरिएको छ।
आर्थिक वर्ष २०७४÷७५ मा लागु औषध सम्बन्धीका ७१ मुद्दामा एक सय आठ जनालाई पक्राउ गरेको कैलाली प्रहरीले गत वर्ष ८७ वटा मुद्दामा एक सय २७ जनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याएको थियो। चालु आर्थिक वर्षको साउन, भदौँ र असोजमा गरी ३३ मुद्दामा ४६ जनालाई पक्राउ गर्दै मुद्दा दर्ता कारवाहीको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
जिल्लामा सबैभन्दा बढि ब्राउन सुगर, गाँजा, नाईट्रोभेट र स्पास्मो नामक लागु पदार्थको ओसारपसार र प्रयोग हुने गरेको उनले बताए। चालु आर्थिक वर्षमा सबैभन्दा बढि २३ ग्राम तीन सय ५८ मिलीग्राम ब्राउन सुगर सहित २७ जना पक्राउ परेका छन् भने नाईटोभेट सहित १० र एक सय ५० ग्राम गाजा सहित सात जनालाई पक्राउ गरिएको छ।

त्यसमा लागु औषधको ओसारपसार र प्रयोगकर्ता दुवैलाई पक्राउ गरिएको छ। पछिल्लो समय १३ वर्ष देखि १९ वर्ष उमेर समूहका युवायुवती लागु औषध दुव्र्यशनीमा फस्ने गरेको प्रहरी नायब उपरिक्षक बस्नेतले दिनेश खबरलाई बताए।

अपराधिक गतिविधी पनि बढिजसो उनीहरुकै संलग्नता रहेको देखिएको उनले जनाए। ओसापसारमा बढि सक्रिय पनि लागु औषध प्रयोगकर्ताले नै हुने गरेका छन्। प्रहरीले पक्राउ पर्नेहरुलाई लागु औषध ऐन अन्तर्गत मुद्दा दर्ता गर्दे आएको छ।


युवायुवतीहरु साथीसंगती, घर परिवार रेखदेख नपाएर कुलतमा फसिरहेका छन्। युवायुवतीहरुलाई दुव्र्यशनीमा फस्न नदिन अभिभावकले समेत छोराछोरीको विशेष रेखदेख गर्दै निगरानी बढाउनुपर्ने सुझाव दिईएको छ।
कैलालीमा गत आर्थिक वर्षमा दुईजना लागु औषध सेवनकर्ताको त उपचारकै क्रममा मृत्यु भईसकेको छ। अहिले भने लागु औषधको ओसार पसार र प्रयोगलाई नियन्त्रणमा सक्रियता बढाएको प्रहरीको दावी छ।