सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
२०७६ कार्तिक ८, १२:५७
सुनको भाउ शुक्रबार ६ सय रुपैयाँ बढेर तोलाको ७१ हजार पुगेको छ। गत बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ।
गत शुक्रबारदेखि नै तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ एक हप्तापछि बढेको हो।
कमेन्ट लोड गर्नुस