सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम तराईमा तिहारका लागि फूलको अभाव, आयातीत मालाले बजार पायो

२०७६ कार्तिक ८, १२:१७ रोशन भट्ट

हिन्दुहरुको महान चाँड दशै सकिएसँगै दिपावलीको पनि निकै रौँनक छाएको छ। लामो समयदेखि टाढिएका भाईबहिनीहरुलाई यो पर्वले एक ठाँउमा भेट गराउने र माया ममता, भलाकुसारी साँटासाँट गर्दै दिपावलीमा माला पहिरीदिने र सक्दो दक्षिणा,आर्शिवाद दिने चलन छ। तर विगतका वर्ष झै यस वर्ष पनि सुदूरपश्चिममा मखमली र सयपत्री फूलको अभाव हुने देखिएको छ। यो संगै असारको अन्तीम साता तिहारका लागी भनेर रोपीएको फूल तिहार नजिकिदै गर्दा पनि आवश्यक मात्रामा नफुल्दा अभाव हुने पुष्प व्यवसायी पुष्प पन्तले बताए। फूलको व्यापार बर्षैभरी एकनासको नहुने समस्याले पुष्प खेतीमा किसानको आकर्षण बढ्न नसकेको गुनाासो उनको छ।

कतिपय फूल र मालाहरु भारतको पलिया, वनगाव, बरेली लगायतका बजारहरुबाट आयात भईरहेका छन। तिहारमा चाँहिने दियो मैनबत्ति, माटोका भाडाहरु, झिलिमिली बत्तिहरु भारतका बिभिन्न ठाँउबाट आईरहेको भन्सार कार्यालय कैलालीले जनाएको छ। विगतका वर्ष झै यो वर्ष पनि भारत बाट प्लाष्टीकका फूल र मालाहरु ठुलो मात्रामा आयात भईरहेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए। बिभिन्न किसिमका रङ्गीबिरङगी फूलहरुले बजार क्षेत्रमा निकै सजावट गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस