सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट छुटेको ट्रक बैतडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७६ कार्तिक ७, १०:५९ खबर संवाददाता

बैतडीमा ट्रक दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ। महाकाली राजमार्ग अन्तरगत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्को सिन्के लेकमा बिहान दुई बजेको समयमा दुर्घटना हुंदा ट्रक चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका गोपाल सिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धनगढीवाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनि ट्रक बिहीबार बिहान दुई वजेको समयमा दुर्घटना भएको हो। ट्रक सडकबाट २०० मिटर तल खसेको छ। चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस