सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ दुई सय रुपैयाँले घट्यो

२०७६ कार्तिक ५, ०२:१७ खबर संवाददाता

मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ। सुन मंगलबार तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो। चाँदी भने मंगलबार पनि तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।

कमेन्ट लोड गर्नुस