सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘डडेल्धुरामा तत्काल विशेषज्ञ डाक्टर पठाई दुर्गमका जनतालाई सेवा दिनु’

२०७६ कार्तिक ५, १२:५६

डडेल्धुराका जनप्रतिनिधि सहितको सर्वपक्षीय टोलीले उपप्रधानमन्त्री समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसंग तत्काल विशेषज्ञ डाक्टर पठाएर दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न माग गरेका छन्। सोमबार सहित डेलिकेसन सहित काठमाडौँ पुगेको जनप्रतिनिधि सहितको टोलीले विशिष्ट अस्पतालमा स्तरोन्नती भएपनि विशेषज्ञ चिकित्सकको पदपूर्ती नहुदा समस्या भएकाले तत्काल पठाईदिन माग गरेको हो।

चिकित्सकको अभावले प्रदेशका सात पहाडी जिल्लाका नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य मन्त्री यादवलाई ज्ञापन पत्र बुझाउदै पदपूर्तीको माग गरिएको हो। ३९ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले दुईजनाले सेवा दिईरहेका छन्। प्रदेशका पहाडी जिल्लाका उपचार केन्द्रका रुपमा रहेको डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुदा समस्या भएको छ।  

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निरादेवी जैरु सहितको टोलीले स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। टोलीमा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर ओझा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल, आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ, उपाध्यक्ष जलादेवी बोगटी,

नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्मरी ओली, भागेश्वर गाउँपालिकाका उपाध्यक्ष पदमबहादुर बोहरा, जिल्ला समन्वय समिति सदस्य रामचन्द्र अवस्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, महासंघका पूर्व केन्द्रीय सदस्य छत्र साउद, लगायतका व्यक्तिहरु रहेका थिए। 

 

कमेन्ट लोड गर्नुस