उप–अनुसन्धान निर्देशकद्वारा धनगढीको कपडा बैंकलाई कपडा दान
धनगढीको कपडा बैंकलाई ६९ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई ६९ थान कपडा दान गरिएको हो। राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कैलालीका प्रमुख तथा उप–अनुसन्धान निर्देशक विकास पाण्डेयले बैंकमा पुगेर कपडा दान गरेका हुन।
कपडा संकलनका लागि प्रत्येक शनिवार विहान ८ बजेदेखि १० बजे सम्म ट्राफिक चौराह, क्याम्पस चौक र एलएनचौकमा पनि गाडीहरु राखिदै आईएको छ भने प्रत्येक दिन विहान ८ देखि १० र साँझ ४ देखि ६ बजे सम्म बैंक समेत खुला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।