सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्मू–कश्मीर आक्रमणमा दुई जना गोर्खा सैनिकको मृत्यु

२०७६ कार्तिक ४, ०५:४० खबर संवाददाता

आइतबार जम्मू–कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको मृत्यु भएको छ। आक्रमणमा परि  एक जना नेपाली  नागरिक र अर्को एक जना नेपाली मूलका भारतीय सैनिकको मृत्यु भएको बताइएको छ। गोलीबारीमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

पदमबहादुर श्रेष्ठ आसामको गोलाघाटका हुन्। मृतक जवान गमिलकुमार श्रेष्ठ नेपालको पाल्पा जिल्लाका रहेको खुल्न आएको छ।  भारतीय सेनाले पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै गरेको गोलाबारीमा एक जना सर्वसाधारणसहित दुई सैनिकको मृत्यु भएको बताएको छ। गएको अगष्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत–पाकिस्तानबीच तनाव बढ्दो छ। यो सँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।  
 

कमेन्ट लोड गर्नुस