सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निर्माण सम्पन्न नहुँदै सडक भत्कियो

२०७६ कार्तिक ४, ०३:४५ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिकामा निर्माण सम्पन्न नहुँदै सडक भत्किएको छ। नगरपालिकाको वडा नम्वर ११ मा रहेको गुलरीया शखा नहरदेखि गौडी बजार जोड्ने सडक निर्माण सम्पन्न नहुँदै भत्किएको हो। अहिले पनि निर्माणको क्रममा जारी रहेपनि कालोपत्रे भएको स्थानमा भने सडक भत्किदै गएको स्थानीयले बताएका छन्।

वडा नम्वर ११ का अध्यक्ष शिववहादुर विकले पनि सडक भत्किएको स्विकार गरे। ‘सडक निर्माणका क्रममा उपकरण राखिएको स्थानमा गरिएको कालोपत्रे उप्किएको छ,’ वडा अध्यक्ष विकले भने, ‘उपभोक्ता समितिलाई सडक मर्मत गर्न निर्देशन दिईसकेका छौँ।’

यता सडक निर्माणकै क्रममा भत्किएपछि अत्तरिया नगरपालिकाको प्राविधिक टोलीले अनुगमन गरेको छ। नगरपालिकाका सव–ईन्जिनियर राजेन्द्र भण्डारीले सडक निर्माणका क्रममा कमजोरी भएको बताए। ‘सडकको केही स्थानमा कालोपत्रे उप्किएको छ,’ उनले भने, ‘भोली विस्तृत रुपमा अनुगमन गर्दै हामी उपभोक्ता समितिलाई सडक मर्मतका लागि निर्देशन दिन्छौ।’

नगरपालिकाको झण्डै ४० लाख बजेटमा सात सय मिटर लम्वाईको उक्त सडक कालोपत्रे भईरहेको हो। तर सडक निर्माणकै क्रममा भत्किएपछि स्थानीयले कमसल निर्माण सामाग्री प्रयोग गरिएको आरोप पनि लगाएका छन्। 
 

कमेन्ट लोड गर्नुस