सुदूर नेपाललाई विश्वसँग जोड्दै

खक्रौला नाकामा भारतीय आलुको बिउ आयातमा रोक लगाएपछि विवाद

 फोटो : समबहादुर थापा
फोटो : समबहादुर थापा
२०७६ कार्तिक ३, ०२:४८ खबर संवाददाता

खक्रौला नाकामा भारतीय आलुको बिउ आयातमा रोक लगाईएपछि विवाद भएको छ। सत्ति भन्सार कार्यालयले भारतीय आलुको बिउ आयातमा रोक लगाएपछि विवाद भएको हो। नाकामा प्लान्ट क्वारेन्टाईन नभएकोले आलुको बिउ आयातमा रोक लगाईएको भन्सार कार्यालयले जनाएको छ। यता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आलुको बिउको आयातमा रोक लगाएपछि केही समय भारतीय व्यापारीहरुले नाकामा अवरोध सृजना गरेपनि अहिले नाकामा कुनै समस्या नरहेको बताए। उनले घरायसी प्रयोजनाका लागि भन्दा पनि व्यवसायीक प्रयोजनाका लागि आलुको बिउ आयात हुन थालेपछि क्वारेन्टाईन नहुँदा रोक लगाईएको जानकारी दिए।

कमेन्ट लोड गर्नुस