सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेशियामा एक नेपालीको मृत्यु

२०७६ कार्तिक ३, ०१:०२ खबर संवाददाता

मलेशियामा एक जना नेपलीको मृत्यु भएको छ। रोजगारीका लागि मलेशिया गएका दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो। दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए। केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका थिए। केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उनले बताए। रासस

कमेन्ट लोड गर्नुस