सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिस्टर नेपालको अडिसन हुने

२०७६ कार्तिक २, ०६:५६ खबर संवाददाता

धनगढीमा मिस्टर नेपालको अडिसन हुने भएको छ। विगतका वर्षहरुमा देशका अन्य सहरहरुमा मात्र अडिसन हुने गरेको भएपनि यस वर्ष भने मिस्टर नेपालको अडिसन धनगढीमा पनि हुन लागेको हो। एक्पोज नेपालको आयोजनामा मिस्टर नेपाल २०१९ का लागि अडिसन हुने जानकारी आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दिईएको छ।

कार्तीक २३ गते देखि अडिसन सुरु हुने मिस्टर नेपालमा १७ वर्ष देखि ३२ वर्ष सम्मका युवाहरुले सहभागिता जनाउन पाउनेछन। धनगढी अडिसन भने कार्तीक २५ गते हुने मिस्टर नेपाल २०१८ का एसएमएस स्टार जीवन रेग्मीले बताए। मिस्टर नेपाल विजेता र उपविजेताले विभिन्न ईन्टरनेशनल इभेन्टमा सहभागिता जनाउन पाउने छन्।

कमेन्ट लोड गर्नुस