सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको अपी हिमाल एग्रो बिउ बिजनमा देशभरमै उत्कृष्ट

२०७६ कार्तिक २, ०६:५३ खबर संवाददाता

 धनगढीको अपी हिमाल एग्रो एण्ड लाईभ स्टक कम्पनी देशभरमै उत्कृष्ट भएको छ। निजि क्षेत्रमा बिउ बिजन उत्पादन तथा वितरण गर्दै आएको अपी हिमाल एग्रोले देश भरमै पहिलो स्थान हासिल गरेको हो।

उक्त कम्पनीलाई असोज २९ मा काठमाण्डौँमा मनाइएको ३९ औँ बिश्व खाद्य दिवशको अवसरमा उत्कृष्टताको प्रमाण पत्र सहति सम्मान समेत गरिएको छ। एग्रोलाई नगद १० हजार सहित सम्मान गरिएको हो।

उपभोक्ताको हित अनुसार काम गरेको भन्दै देशभरमै उत्कृष्ट हुन पाउँदा खुसी लागेको अपी हिमाल एग्रो एण्ड लाइभस्टक कम्पनीका सञ्चालक लोकेस भट्टले खुसी व्यक्त गरे।

भट्टलाई कृषि विभागले सम्मान गरेको हो। सम्मानले इमान्दारीताका साथ काम गर्नमा हौसला थपेको उनको प्रतिक्रिया भट्टले दिए। 

कमेन्ट लोड गर्नुस