सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तराष्ट्रिय युवा अवार्डबाट तीन नेपाली चेली सम्मानित

२०७६ कार्तिक २, ०७:५४ खबर संवाददाता

तीन नेपाली चेलीले भारतमा अन्तराष्ट्रिय युवा अवार्ड पाएका छन्। इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डियाले नेपाली चेलीहरु रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीलाई युवा अवार्डबाट सम्मान गरेको हो। परियार र गौली नेविसंघका नेता हुन् भने हिङ्गमाङ्ग सृजनात्मक महिला समूहकी अध्यक्ष हुन्।

नेविसंघको पूर्वकेन्द्रीय सदस्यसमेत रहेकी परियारले अनाथ बालबालिकाहरुको लागि अनाथालय चलाउँदै आएकी छन्। उनले मानसिक रोगसम्बन्धी जनचेतना मुलक कार्यक्रम पनि गर्दै आएकी छन्।

विद्यार्थी, बालबालिका, महिला, दलित र विकट क्षेत्रमा काम गर्दै आएकी परियारले अन्तर्रा्ष्ट्रिय स्तरमा आफ्नो कामको मूल्यांकन भएकोमा खुसी व्यक्त गर्दै समाजसेवा अझै सकृय हुने आत्मविश्वास बढेको बताइन्।
 

कमेन्ट लोड गर्नुस