सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डको कथन : सुर्खेत–हिल्सा नाका खुले सुदूरपश्चिमलाई पनि सहज हुन्छ

२०७६ कार्तिक १, ०३:५८ कमल सावद

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले कर्णाली प्रदेशलाई उत्तरी चीनसँग जोड्ने हिल्सा–सुर्खेत नाका सञ्चालन भए सुदूरपश्चिमलाई पनि सहज हुने बताएका छन्। चिनियाँ राष्ट्रपती सी जिनफिङको नेपाल भ्रमणका क्रममा हिल्सा–सुर्खेत नाका सञ्चालन गर्ने समझदारी भएको बताउँदै प्रचण्डले त्यसले सुदूरपश्चिमले पनि लाभ हासिल गर्न सक्ने बताए।

धनगढीमा स्थानीय तहका जनप्रतिनिधीको विशेष प्रशिक्षण कार्यक्रम सि को भ्रमणका क्रममा सुदूरपश्चिमका कुनै पनि मुद्दा समावेश नभएको गुनासोपछि उनले यस्तो आश्वासन दिएका हुन्। नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले सुदूरपश्चिमका राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र परेको  र चिनियाँ राष्ट्रपतीको भ्रमणमा पनि कुनै एजेण्डा समावेश नगरिनु दुःखद भएको भन्दै गुनासो गरेका थिए।

सोही गुनासोलाई लक्षित गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफलमा कर्णाली प्रदेशमा पर्ने हिल्सा–सुर्खेच सडकलाई चिनियाँ राष्ट्रपतीको भ्रमणका समयमा उच्च प्राथामिकता दिएको बताउदै भने, ‘सुदूरपश्चिमलाई जती ध्यान दिनुपर्ने हो। दिइएको छैन् भन्ने कुरा आएको छ, सुदूरपश्चिमको चिन्ता देशको नेतृत्वलाई पनि छ।’

पञ्चेश्वर परियोजना निर्माणका बिषयमा पनि प्रधानमन्त्रीसंग छलफल गरेको उनले सुनाए। पश्चिम सेतीका लागि पनि तत्कालिन उर्जामन्त्री पोष्टबहादुर वोगटीको पालामा  चिनियाँ कम्पनीलाई निर्माणको ठेक्का दिने भनिएपनि अहिले अलपत्र गरेको भन्दै चिन्ता व्यक्त गरे।   

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस