सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिन्दु स्वयमसेवक संघ कैलालीद्धारा ७ दिने तालिमको आयोजना

२०७६ कार्तिक १, ११:११ खबर संवाददाता

हिन्दु स्वयमसेवक संघ कैलालीले अत्तरीया स्थीत सत्यवर्ती एकेडेमीमा तालिमको आयोजना गरेको छ। विद्यार्थीको व्यक्तित्व विकास र राष्ट्रभक्त, धर्मभक्त स्वयंसेवक निमार्णका लागि बिहिबार देखि ७ दिने तालीमकोे आयोजना गरीएको हो।

हिन्दुस्वयमसेवक संघका केन्द्रीय सदस्य एवं प्राज्ञीक विद्यार्थी परीषदका सचीव दिपक अधिकारीको प्रमुख आथित्यतमा संञ्चालीत तालीमका मुख्य प्रशिक्षक माधव थापामगर रहेका छन्। ७ जना प्रशिक्षक रहेको तालीममा १४ वर्ष देखि १७ वर्ष मुनीका ५० विद्यार्थीको सहभागिता रहेको छ।

हिन्दु स्वयंमसेवक संघले २०४७ सालदेखि निरन्तर प्रशिक्षण गराउँदै आएको हिन्दु स्वयंसेवक संघ कैलालीका सचिव भवानी दत्त जोशीले जानकारी दिए।
 

 

कमेन्ट लोड गर्नुस