सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विद्यालय भवनको टेन्डरलाई लिएर विवाद

फाईल फोटो
फाईल फोटो
२०७६ असोज ३०, ०९:०५ खबर संवाददाता

अछामको चौरपाटी गाउँपालिकामा ठेकेदारबीच विवाद भएको छ। गाउँपालिकाको वडा नम्बर ७ मार्कुको शान्ति मावि र वडा नम्बर ५ लुङग्राको दया पिपलतोला माविमा आँठ कोठे विद्यालय भवन निर्माणमा टेन्डरको विषयलाई लिएर ठेकेदारबीच विवाद भएको हो। बिहीबार २ बजे मूल्यांकन समितिले टेन्डर खोल्ने बेलामा विवाद भएको बताईएको छ। स्थानीयका अनुसार कांग्रेस निकटका रामबहादुर खड्काले कम मूल्यमा टेन्डर हालेको र उनैले पाउने थाहा पाएपछि नेकपा निकटका ठेकेदार बमबहादुर धामीले आक्रोशमा आएर सबै कागज च्यातेका हुन।

चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद ढुंगानाले भने आफू ठेक्का नपाउने आक्रोशमा घटना घटेको बताए। उनका अनुसार दयापिपलतोला मावि र शान्ति माविमा ८२ र ८३ लाखमा विद्यालय भवन बनाउनु पर्नेछ। यी दुई भवन बनाउनको लागि १५ जना भन्दा बढिले टेण्डर हालेका थिए। यता प्रहरीले भने कागजात च्यात्ने बमबहादुर धामीलगायत अन्य दुई जनालाई पक्राउ गरेको छ।

 
 

कमेन्ट लोड गर्नुस