सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा मदिरा सेवन गरि होहल्ला गर्ने वडा अध्यक्षसहित ९ जना पक्राउ

२०७६ असोज ३०, ०३:१३ खबर संवाददाता

बाजुरामा मदिरा सेवन गरेर होहल्ला गर्ने वडा अध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नृपराज खत्री, जिल्ला समन्वय समिति बाजुराका सदस्य मोहनसिंह कार्की, धर्मराज पाध्याय, तुलसी देवकोटा, मोहनराज गिरी, रामलाल देवकोटा, पुष्प देवकोटा, टेकेन्द्र नेपाली र ओमजंग आउजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बुधबार साँझ मदिरा सेवन गरेर कोल्टीबजारमा होहल्ला गरेको भन्दै नियन्त्रणमा लिएका उनीहरुलाई मदरा सेवन गरेवापतको जरिवाना तिराएर घर फकाईएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस