सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तस्करीको चिनीमा मिलको कारोबार, सुरक्षा निकायको समेत मिलोमतो

२०७६ असोज ३०, १२:४४ जनक विष्ट

मंगलबार दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० को भुडा चौराह पुग्दा दुईजना बिच तस्करीको चिनीको मोलमोलाई भईरहेको थियो। जिल्ला सदरमुकाम महेन्द्रनगरका लागि दैनिक २५ कठ्ठा चिनि सप्लाई गर्ने विषयमा भुडा बजारमा रहेको एक किराना पसलमा चिनीको मोलमोलाई चलिरहेको थियो।

उनीहरु बिचको कुराकानीका आधारमा भारतबाट प्रति कठ्ठा १९ सय रुपैँयामा चिनि बिक्रि गर्ने तर महेन्द्रनगर पु¥याउने जिम्मा स्वयंम ढुवानी कर्ता कै हुने कुरा चल्दै थियो भने सोही क्रममा चिनि बिक्रि गर्ने व्यक्तिले २५ बोरा चिनिको माग समेत गरिसकेका थिए। स्थानीयका अनुसार ती किराना पसल सञ्चालकको घरमा भारतबाट तस्करी गरी ल्याएको चिनीको गोदाम छ।

भारतबाट एक÷दुई कठ्ठाका दरले भन्सार छली ल्याएको चिनी गोदाममा भण्डारण गर्ने, सोही चिनी स्थानीय  खुद्रा व्यापारी, चिनी मिल सञ्चालक र पहाडी जिल्ला सम्म पठाउने काम ती व्यापारीले गर्दै आएको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले बताए।

उनको अवैध कारोबारका विषयमा नजिकै रहेको प्रहरी चौकी पनि जानकार छ। तर प्रहरीले ती पसल सञ्चालकबाट हप्ता असुल्ने गरेको छ।

भुडा चौराहको त्यो किराना पसल एक उदाहरण मात्र हो तर बेलौरी र पुर्नवास क्षेत्रमा भन्सार छली गरी भित्र्याएको चिनीको कारोबार गर्ने गोदामहरु  छ्याप छ्याप्ती भेटिन्छन्। उनीहरुले खुलेआम सुरक्षा निकायकै अगाडी अवैध चिनीको कारोबार गर्छन्।

सोही दिन भुडा चौराहमा चिनिको मोलमोलाई चलिरहेका बेला बेलौरी नगरपालिकाकै चार नम्बर नाका नजिकैको एक घरमा गोदाम बनाएर राखिएको तस्करीको चिनि मोटरसाईकलमा लोड भईरहेको थियो।

उनीहरुले खरिदकर्ता सम्म पु¥याउन एउटा मोटरसाईलकमा तीन–तीन वटा बोराका हिसाबले लोड गरिरहेका थिए भने पछिल्लो समय चिनी भित्र्याउन विगतको भन्दा केही समस्या भएको उनीहरु बिच कुराकानी चलिरहेको थियो।

बेलौरीमा जस्तै पुर्नवासका सीमावर्ती गाउँमा पनि भारतबाट तस्करी गरी ल्याएको चिनिको गोदाम खडा गरी कारोबार गर्दै आएको स्थानीयले बताउदै आएका छन्।

तस्करीमा संलग्न गिरोहले स्थानीय बजारसँगै धनगढी, महेन्द्रनगर हुदै पहाडी जिल्लामा समेत चिनि पठाउने गरेको दावी गरिएको छ भने स्थानीय मीलहरुले पनि अवैध रुपमा भित्रिएको चिनी खरिद  गर्दै काराबार गर्दै आरोप आरोप स्थानीयले लगाएका छन्।

उनीहरुले तस्करी भएर आएको चिनि आफ्नो कठ्ठामा प्याकिङ गरी बजारमा पठाउने गरेको आरोप लागेको छ। गुणस्तर परिक्षण नै नगरी बिक्रि हुने चिनिले मानव स्वास्थ्यमा समेत असर पु¥याईरहेको छ तर चिनि मिलहरुले भने उक्त आरोप  निराधार भएको जिकिर गर्दै आएका छन्।

महाकाली सुगर मील बेलौरीका महाप्रबन्धक रनभीर गुप्ताले उक्त आरोप गलत भएको उल्लेख गरे। उनले करोडौँको लगानी गरी चिनी मिल सञ्चालन गर्ने व्यक्तिले  पाँच दश लाखको लागि गैर कानूनी काम नगर्ने दावी गर्दै भने,‘कसैले पत्ता मात्र लगाई दिनुस करोड पुरस्कार दिन्छु।’

बेलौरी र पुर्नवास क्षेत्रमा भारतबाट तस्करी गरी चिनीको निर्वाध रुपमा कारोबार भईरहेका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी भने  त्यस  विषयमा बेखबर देखिएका छन्।  दक्षिणी क्षेत्रमा दुवै सुरक्षा निकायको उपस्थिती भएपनि तस्करसँग मिलेमतो गरेका कारण उनीहरुले समेत मौनता साधेको आरोप लागेको छ।

तर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिरसिंह शाहुले भन्सार छलेर आउने समान बरामद गर्दै आएको दावी गरे। तर आफूहरुको नजरमा नपरेका कारण अवैध रुपमा भित्र्याएर कारोबार गरेको हुनसक्ने जनाउदै उनले नियन्त्रण गर्ने जिकिर गरे।

तर दक्षिणी क्षेत्रका चोरी नाकाबाट वर्षेनी करोडौँ चिनी तस्करी हुने गरेको भएपनि सुरक्षा नीकायले नियमनमा ध्यान नदिएको कुरा उनीहरुले उठाएको राजस्वले समेत पुष्टि गरिदिएको छ।

सशस्त्र प्रहरीको बिओपी बेलौरीले गत आर्थिक वर्षमा वरामद गरिएको अवैध समान वापत १६ लाख राजस्व मात्र संकलन गरेको छ तर  भदौँदेखि सशस्त्र प्रहरी नीरिक्षक रोशन नाथ बिओपी प्रमुख भएर आएपछि एक महिनामै मात्र १० लाखको अवैध समान बरामद गरिएको छ। यसले पनि बेलौरीमा तस्करी धेरै हुने गरेको तर सुरक्षा निकायको पनि मिलोेमतो रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस