सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल परिसरमा सञ्चालीत नीजि फार्मेसी बन्द गर्न दिएको निर्देशन कार्यान्वयनमा अटेरी

२०७६ असोज २९, १०:५४ रोशन भट्ट

सुुदूरपश्चिम प्रदेश सरकारले अस्पताल परिसर भित्र नीजि फार्मेसी संञ्चालन नगर्न दिएको निर्देशन कार्यान्वयनमा अटेरी भएको छ। फार्मेसी सेवा निर्देशिका अनुसार अस्पताल परिसर भित्र नीजि फार्मेसी संञ्चालन गर्न नपाईने भन्दै तत्काल हटाउन सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई परिपत्र गरेको थियो।

गत भदौँ २५ गते नै सेती प्रादेशिक अस्पताल परिसरमा संञ्चालित निजी फार्मेसीलाई हटाउन निर्देशन दिईएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले बताए। तर अस्पताले भने उक्त निर्देशन कार्यान्वयन गरेका छैन्।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार अस्पताल परिसर भित्र निजी औषधी पसल संञ्चालन गर्न नपाईने नियम बनाईएको छ। तर विगत लामो समयदेखी सेती प्रादेशिक अस्पताल परिसर भित्र संञ्चालीत फार्मेसी हटाउन लिखित तथा मौखिक निर्देशन दिईएको विष्टले बताए।

सेती प्रादेशिक अस्पतालको सपिङ कम्प्लेक्समा २१ वटा औषधी पसलहरु संञ्चालनमा छन् भने ती मध्ये चार वटा औषधी पसल अस्पतालको भित्रपट्टी रहेका छन्। मन्त्रालयले ती औषधी पललहरुको नाम नै उल्लेख गरी यथाशिघ्र हटाउन निर्देशन दिएको छ।

अस्पतालले निजी फार्मेसी हटाउन अटेरी गरेको आरोप मन्त्रालयको छ भने अस्पताल प्रशासनले आन्तरिक तयारी भईरेहकाले केही दिनमा ३५ दिने सूचना जारी गर्ने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रेहको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा लिनको लागि प्रदेश भरीकै विरामीहरु आउने गरेका छन्। अस्पतालकै फार्मेसी व्यवस्थीत रुपमा संञ्चालन भए सस्तो मुल्यमा औषधी खरिद गर्न सकिने भन्दै निजी फार्मेसीलाई संञ्चालनमा रोक लगाएको बताईएको छ।  

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस