सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा कार दुर्घटनामा परि नेपाली आमा छोरीको मृत्यु

२०७६ असोज २८, ०६:११ खबर संवाददाता

अमेरिकामा कार दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु भएको छ। अमेरीकाको ओहायो राज्यस्ति कोलम्बसमा गत शनिबार राति भएको सडक दुर्घटनामा परी ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षिया अन्जु विश्वकर्माको मृत्यु भएको हो। यस्तै दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।

स्थानीय कोलम्बस प्रहरीका अनुसार सडक दुर्घटनामा ज्यान गुमाउने दुवै आमा, छोरी हुन्। प्रहरीले स्थानीय टेलिभिजनलाई दिएको जानकारी अनुसार २४ वर्षिया अन्जुको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये एक विश्वकर्मा थरकी महिलाको अवस्था गम्भीर रहेको बताइएको छ। उनको स्थानीय माउन्ट कारमिल इस्ट अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटना शनिबार राति करिब १० बजे कोलम्बसको उत्तर पूर्वी बाटोमा भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक कुमारीले चलाएको टोयोटा क्याम्री कारलाई औडी कार चलाएका व्यक्तिले ठक्कर दिएका थिए। अर्को कारमा सवार, चालक र अन्य एक जनाको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस