सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियाका लागि नेपालको राजदूतमा महेश दाहाल नियुक्त

२०७६ असोज २८, ०३:३७ खबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेश दाहाललाई नियुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा उनलाई मंगलबार राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए। संविधानको धारा दुई सय ८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा महेशलाई अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश गत असोजमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए। अध्यक्ष पुष्पकमल दाहालले नवप्रवेशी महेशलाई उचित भूमिका दिने त्यसबेला बताएका थिए। तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो।
 

कमेन्ट लोड गर्नुस