सुनको भाउ एक सय रुपैयाँले घट्यो
२०७६ असोज २७, ०४:०१
सुनको भाउ सोमबार एक सय रुपैयाँले घतेको छ। छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने विगत तीन दिनदेखि स्थिर छ। अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कमेन्ट लोड गर्नुस