सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीे खण्डमा मर्मत गरिदै

२०७६ असोज २६, ०५:५५

सयौँ खाल्डाखुल्डीले आवतजावतमा सास्ती भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीे खण्डमा मर्मत फेरी सुरु गरिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले कालीका जोशी जेभीसंग ठेक्का सम्झौता गरेपछि मर्मतको कार्य फेरी सुरु गरिएको हो। गत चैतमै ठेक्का सम्झौता भएपनि केही समय मात्रै काम भएर बर्षातले मर्मत रोकिएको थियो।

 

कैलाली खण्डमा ३ बर्ष सम्म नियमित मर्मत गर्ने गरि कालीका जोशी जेभीसंग सडक डिभिजन कार्यालय महेन्द्रनगरले सम्झौता गरेको हो। १५ करोड ९० लाख ९१ हजारमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ। कालीका जोशी जेभीका संचालक गणेश दत्त जोशीले राजमार्गको कैलाली खण्डको ३ बर्ष सम्म मर्मत गरिने बताए। ६० किलोमिटर खण्डमा मसीनो गिट्टी बिछाउने कार्य पनि गरिने उनले बताए।

 

उनले अहिले राजमार्गका बिभिन्न क्षेत्रमा सडक मर्मत गर्ने कार्य जारी रहेको समेत जानकारी दिए। कैलालीको चौकीडाँडादेखि चिसापानीसम्म ८० किलोमिटर सडकमा विभन्न स्थानमा परेका खाल्डाखुल्डी कारण आवतजावतमा सास्ती हुँदै आएको थियो। खाल्डाखुल्डीले दुर्घटनाको जोखिम पनि बढाएको थियो। कैलालीको बौनिया बजार सहित अत्तरिया, राजीपुर, लम्की लगायतका क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा खाल्डाखुल्डी परेका थिए।

कमेन्ट लोड गर्नुस