सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा पाईने ढटेलोको तेल उत्पादन गर्न सके मनग्य आम्दानी हुने

। फोटो स्रोत ।
२०७६ असोज २६, ०२:२८ जनक विष्ट

सुदूरपश्चिमका पहाडी जिल्लाको वनपाखामा पाईने ढटेलो नामक वनस्पतीबारे पर्याप्त जानकारी नहुँदा सदुपयोग हुन सकेको छैन्। प्रदेशका मध्य पहाडी र उच्च हिमाली क्षेत्रमा पाईने ढटेलो प्रजातीको वनस्पतीको दानाबाट निस्कीने तेललाई बजारीकरण गरेर मनग्य आम्दानी गर्न सकिने भएपनि फाईदाबारे जानकारी नहुँदा वर्षेनी खेर गईरहेको छ।

कर्णाली प्रदेशको कालीकोट र जुम्लाका किसानहरुले जंगलबाट ढटेलो नामक वनस्पतीमा लाग्ने दाना संकलन गर्दै प्रशोधन गरी उत्पादन गरेको तेलको बजारीकरण गरेका बेला सुदूरपश्चिममा भने खेर गईरहेको हो। ढटेलो प्रजातीका विरुवा प्रशस्त मात्रामा पाईने भएपनि आवश्यक खोज अनुसन्धान पनि हुन सकेको छैन्।

कर्णालीमा ढटेलोबाट उत्पादन हुने तेल काठमाडौँ सहित अन्तराष्ट्रीय बजारमा समेत निकासी भईरहेपनि सुदूरपश्चिममा यस विषयमा पर्याप्त जानकारी नहुँदा संरक्षण नहुने समस्या पनि देखिएको हो। बढिजसो दार्चुला,बैतडी, बझाङ र डडेल्धुराका जंगलमा पाईने यो वनस्पतीको संरक्षण गरी बजारीकरण गर्न आवश्यक रहेको विज्ञहरुले बताएका छन्।

कर्णालीपछि सुदूरपश्चिममा पनि ढटेलो वनस्पतीका विषयमा लामो खोज अनुसन्धान गरेका वनस्पती विज्ञ जीवन प्रसाद राईले ढटेलोको दानाबाट निस्कने तेलबाट समृद्धि हासिल गर्न सकिने बताए। उनले सुदूरपश्चिमको बैतडी, दार्चुला, बझाङ र डडेल्धुराका विभिन्न क्षेत्रमा आफूले अध्ययन गर्ने क्रममा प्रशस्त मात्रामा ढटेलो रहेको पाएपनि सदुपयोग हुन नसक्नु दुःखद भएको जनाए।

अन्य जिल्लाको तुलनामा बैतडीमा ढटेलो अधिक रहेको उनी  बताउँछन्। कर्णाली प्रदेशका किसानले ढटेलो तेललाई बजारीकरण गरेर मनग्य आम्दानी गरे जस्तै सुदूरपश्चिममा पनि त्यो सम्भव रहेको  राईले बताए। उनका अनुसार विगतमा जंगलमा जताततै पाईने ढटेलो प्रजातीको यो वनस्पतीको दाना जैतुनको जस्तै हुने भएपनि वुट्यानमा फल्ने गर्दछ।

यसमा तेलको मात्रा पनि जैतुनको तुलना अधिक रहेको राईको भनाई छ। तर यसको फाईदा र उपयोगिता बारे जानकारी नभएकै कारण संरक्षणमा ध्यान नदिदा लोभ हुने अवस्थामा समेत पुगेको भन्दै चिन्ता समेत गरिएको छ। परा–पूर्वकालदेखि मानिसहरुले ढटेलोको तेल निकाली दियो बाल्ने, मालिस गर्ने, तथा खाने तेलको रुपमा प्रयोग गर्दै आएको जानकारहरुले बताउँदै आएका छन्।

पछिल्लो पुस्ताले ढटेलो वनस्पतीको उपयोगिता र फाईदाबारे जानकारी नपाउँदा नाम समेत बिर्सिसकेका छन् भने वनजंगलमा समेत विगतमा जस्तै सहजै पाउन मुस्कील पर्ने गरेको छ। सुख्खा फलफूल केन्द्र सतबाझका प्रमुख तथा वागवानी विकास अधिकृत डम्बर सिह भाटले ढटेलोको उपयोगिता बारे जानकारी नहुँदा संरक्षण नगरिदा लोप हुने अवस्थामा रहेको बताए।

उनले अहिले पहिलेको जस्तै जंगलमा जताततै ढटेलो पाउन मुस्कील पर्ने गरेको सुनाए।सुदूरपश्चिममा राज्य स्तरबाट ढटेलो वनस्पतीका विषयमा अध्ययन अनुसन्धान नभएका कारण पनि ओझेलमा परेको देखिएको छ। ढटेलो वनस्पतीको नाम सुनेका तर उपयोगिता बारे फाईदा नभएका अधिकारीहरु समेत भेटिएका छन्। तर त्यस विषयमा आवश्यक अध्ययन अनुसन्धान नहुदा पनि खासै जानकारी हुन नसकेको बताईदै आएको छ।

वनस्पती कार्यालय धनगढीका प्रमुख लक्ष्मण झाले ढटेलो वनस्पतीको नाम सुनेको तर उपयोगिता बारे जानकारी नभएको प्रतिक्रिया दिए। उनले ढटेलो अध्ययन समेत नभएका कारण त्यस बारे खासै जानकारी हुन नसकेको उल्लेख गरे। तर कृषि अनुसन्धान विज्ञहरुले भने सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले पनि प्रशस्त मात्रामा पाईने ढटेलोको उपयोग हुन नसकेको जनाएका छन्।

बैतडीका विभिन्न स्थानीय तहमा ढटेलो प्रसस्तै मात्रामा रहे पनि यसको उपयोग हुन नसकेको उनीहरुको भनाई छ। यो वनस्पति समुद्र सतहदेखि एक हजार दुई सय मिटर भन्दा माथि दुईहजार सात सय मीटरसम्म पाईने र खेती गर्न सकिने वनस्पति पनि हो। बैतडीको सुर्नया गाउँपालिकाले भने ढटेलोको तालाबाट तेल उत्पादन गर्ने लक्ष्य राखेको जनाईएको छ। यसै गरी ढटेलोबाट मनग्य आम्दानी लिन अन्य जिल्लाका स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले पनि लाग्नुपर्ने सुझाव दिईएको छ।  
    
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस