सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाईकलको ठक्करबाट अछाममा बालक घाइते

२०७६ असोज २४, ०५:३५ खबर संवाददाता

मोटरसाईकलको ठक्करबाट अछाममा एक बालक घाइते भएका छन्। जिल्लाको बन्निगढी जयगढ गाउंपालिका वडा नम्बर ५ कालीकाका ४ वर्षीय बालक विनय ताम्राकार घाइते भएको अछाम प्रहरीले जनाएको छ। दशैँ खान वर्दादेवी मामा घर गएका उनलाई से ६ प २६७७ नम्बरको मोटरसाईकलले गाउपालिकाको वडा नम्बर ३ बसौटी देवलबजार नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको टाउको र मुखमा चोट लागेको छ। उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस