सुदूर नेपाललाई विश्वसँग जोड्दै

नानु कहिले आउने ?

२०७६ असोज २४, ११:३७

सबै दशैँको लागि तयारी गर्दै थिए, रमाउदै थिए, हास्दै थिए अनि उफ्रिदै थिए, तर मेरो मन खिन्न भएको थियो। हुन त एक दुई दिन म नि रमाए। दशैको किनमेल पनि उनीसंगै गर्न पाएको थिए। म दुखि हुने एकै कारण थियो उनी म भन्दा टाढा आफ्नो पुर्खेउली थलो जाँदै थिइन। त्यस्मा पनि फोन नलाग्ने ठाउँ, न त नेटले नै काम गर्ने।

धेरै दिनको नेपालगञ्जको बसाइ पछि धनगढी आएको थिए, दशँैको माहोल त्यसैमा उनीसंग भेट हुने, धेरै नभए पनि केही समय भेट हुन सक्थ्यो। भेट हुँदा जहिले पनि भन्ने गर्थिन  चक्कु मलाइ घर कहिले लग्ने ? म भन्थे चाडै, तर बिहे गर्नलाइ चाडै भनेर मात्र हुदैन रे, लगन आउनु पर्छ। उनको चित्त बुझाउने र आफ्नो चित्त बुझाउनलाइ त्यति मात्रै भन्न सक्थे। 

नभन्दै उनी जाने दिन पनि आयो, साझ बिहान कुरा कसरी गर्ने त्यो चिन्ता बेग्लै, उनले भनिन चक्कु म भोली जानू पर्छ है, मैले मनको पीडा लुकाउँदै भने जान्छौ होला है सरररर ....। 

पहाडको चिसो पानी, रमाउछौ है, उनको गहभरी आँसु थियो, उनलाइ पनि मेरो जस्तै पीडा हुदैथियो होला। खाजा खाए अनि छुट्टिए। उनी आफ्नो बाटो म आफ्नो बाटो, मलाइ रातभर निद्रा लागेन, किन कि उनी भोली जाने रे। 
राती निद्रा नलागेको कारण म बिहान अबेर सम्म सुतेछु, उनको फोन आयो, चक्कु म अत्तरिया पुगे है म निद्रैमा थिए अनि हो र भने, सिट पाएउ नि सोधे उम्म  पाए भनिन, अब त सररररररर ...... जान्छौ त्यसो भए उनले हास्दै उम्म भनिन। 

साहेद उनलाइ पनि पीडा त थियो होला, वरपरका कसैले थाह नपाउन भनेर हासेकी होलिन नत्र उनलाई पनि कति पीडा हुदैथियो। त्यो म पनि बुझ्न सक्थे, हुन त उनी जहिले टाढा नै हुन्थिन, म नेपालगञ्ज उनी धनगढी तर उनको कामको व्यस्तता बेग्लै मेरो कामको व्यवस्तता बेग्लै, तर  पनि साझ बिहान अलि अलि कुरा भएपनि समय निकालेर दिनभरको कामको बोझ र पीडा सबै कम हुन्थ्यो। अब केही दिनको लागि कसरी साटासाट गर्ने मनका भावना, कसरी सुन्ने उनको आवाज त्यही कुराको चिन्ता थियो। 

दुई घण्टा पछि फेरि फोन आयो, चक्कु गाडी त बिग्रियो, अब के गर्ने, म आत्तिए मैले गर्न सक्ने केही थिएन, खाना पनि खाको छैन, कस्तो जङ्गलमा बिग्रेको छ भनिन, म केही सोच्छु भने, तर मैले सोच्न बाहेक अरु के नै गर्न सक्थे र। 
सोचे मात्र उनले एक छिन पछि फेरि फोन गरिन, चक्कु गाडी बन्यो भनिन, उनी धेरै खुसी थिइन, र उनी भन्दा दोब्बर खुसी म थिए। अगाडी बुडरमा पुगेर खाना खाने भनिन, मन हल्का भयो, आनन्द लाग्यो। 

उनले एक दुई सेल्फी र पहाडको फोटो खिचेर पठाइन, अनि आफ्नो दुई औलाको पनि। साझ उनी गाडी बाट उत्रिन अनि घर बाट उनको बुवा र दाइ रिसिभ गर्न आएका रहेछन्। अनि त्यो बेला म पुगे है भनेर म्यासेज गरिन, अनि कति समय हिन्नु पर्छ भनेर सोधे अब आधा घन्टा भनिन, त्यस्को आधा घण्टा पछि उनी सम्पर्क बिहिन भइन,  फोन पनि नलाग्ने नेट नि छैन। 

उनको पहाडको घरको माथिल्लो तलामा फोनको अलि अलि सिग्नल आउने रैछ, राती एक म्यासेज गरेकी रैछन, तर त्यो म्यासेज म सङ्ग पुगेन, अर्को दिन बिहान म्यासेज आयो चक्कु म पुगे है, चिन्ता नलिनु भनेर। फोन गर्दा आवाज राम्रो सङ्ग नसुनिने म्यासेज गरेको १५-२० मिनेट पछि मात्र मेरोमा म्यासेज पुग्ने। पहिले धेरै जस्तो हामी इमो मा नै कुरा गर्दै आएका थियौँ। 

जति खेर पनि ईन्टरनेट खोल्दा इमो खोल्ने गर्छु। कुनै केही म्यासेज हुदैन्। मेरो हरेक दिन उनले म्यासेज हेर्न नपाए पनि एउटै खाले म्यसेज गर्छु नानु कहिले आउने तिमी ? 
 

कमेन्ट लोड गर्नुस