सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोरायल बस दुर्घटनाको ५ बर्ष : श्रद्धान्जली सभाको आयोजना

२०७६ असोज २०, ०४:४१ खबर संवाददाता

डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको आज ५ बर्ष पुगेको छ। दशैँको टिका थापेर कर्मथलो फर्किर्दै गर्दा २०७१ साल असोज २० गते भएको बस दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए।

सोही दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज जोरायल गाउँपालिका वडा नम्वर ३ को कार्यालयको आयोजना र स्थानीय युवाहरुको पहलमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ। कार्यक्रममा जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा, वडा नम्वर ३ का वडा अध्यक्ष दिनेश कुमार मल्ल, सरकारी एवम् गैह्रसरकारी कार्यालयका प्रतिनिधि, समाजिक सुसासन मंचका प्रतिनिधि र विभिन्न क्षेत्रहरूमा सक्रिय युवाहरुको सहभागिता रहेको थियो।

श्रद्धाञ्जली सभामा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष बोहराले घटनाका घाइते र मृतक परिवारका बालबालिका र एकल महिलाको लागि विशेष सहयोग गर्ने आश्वासन दिईन्। घाइतेको उपचारार्थ आवश्यक सहयोगको लागि प्रस्ताव गाउँ कार्यपालिकामा पेश गर्ने उनको भनााई छ। कार्यक्रममा सहभागीहरुले सडकको अवस्था सुधार गर्न माग गरेका थिए। जोरायल बस दुर्घटनाको पाँच वर्ष पुरा भएपनि केही मृतकका परिवार तथा घाईतेहरुले राहत समेत नपाएको गुनासो गरेका छन्। दुर्घटनामा घाईते भएका अधिकासंको दैनिकी अहिले पनि कष्टकर रुपमा वितिरहेको जोरायलका स्थानीय केशव जोशीले बताए।

जोरायलमा बस दुर्घटना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले तत्कालीन र दीर्घकालीन सुझाव सहित बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालीन सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदनम सवारी गुड्नुअघि पार्टपुर्जा, टायर ठीक भए, नभएको परीक्षण गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न दिन नहुने पनि उल्लेख छ। प्रतिवेदनमा औंल्याएको विषय कार्यान्वयन नभएकै कारण बेला–बेला दुर्घटना दोहरीरहेका छन् भने सडकको पनि दुराअवस्था छ।

 

कमेन्ट लोड गर्नुस